नेभिगेशन
खेलकुद

अष्ट्रेलियाको ऐतिहासिक गाबा रंगशाला भत्काइने

काठमाडौँ - अष्ट्रेलियाको ब्रिस्बेनमा रहेको ऐतिहासिक गाबा रंगशाला २०३२ को ओलम्पिक खेलपछि भत्काइने भएको छ । गाबा क्रिकेट रंगशालालाई अस्ट्रेलियाली क्रिकेट टोलीको गढको रूपमा चिनिन्छ ।

क्वीन्सल्याण्ड राज्यका प्रिमियर डेभिड क्रिस फुल्लीले ओलम्पिक पूर्वाधारका लागि नयाँ योजनाहरूको घोषणा गर्नेक्रममा यो जानकारी दिएका हुन् । यस अनुसार गाबामा हुने क्रिकेट खेलहरुलाई ६० हजार दर्शक क्षमता भएको ब्रिस्बेनको भिक्टोरिया पार्कमा सारिनेछ । जहाँ लगभग ३.८ अर्ब अस्ट्रेलियाली डलरको लागतमा नयाँ रंगशाला निर्माण हुँदैछ । यस रंगशालामा ओलम्पिक खेलका खेलहरू आयोजना गरिनेछन् ।

क्रिकेट अष्ट्रेलियाले गत वर्ष अन्तर्राष्ट्रिय स्थलहरूको सात वर्षे लाइनअप घोषणा गरेको थियो । त्यसपछि गाबालाई एशेज सिरिजका खेलहरूको आयोजना अधिकार दिइएको थियो । त्यसपछि यो स्टेडियमको मर्मत वा प्रतिस्थापन गरिने अनुमान गरिएको थियो ।

यो रंगशाला १८९५ मा निर्माण गरिएको थियो । यहाँ पहिलो प्रथम श्रेणीको खेल सन् १९३१ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेलिएको थियो । 

हाल यो रंगशालामा ३७ हजार दर्शक अट्ने क्षमता छ । यहाँको खेल क्षेत्र १७०.६ मिटर लामो र १४९.९ मिटर चौडा छ । गाबामा २ वटा छेउ छन्, स्टेनली स्ट्रिट एन्ड र भल्चर स्ट्रिट एन्ड रहेका छन् । अष्ट्रेलियाली फुटबल र रग्बी लगायत धेरै अन्य खेलहरू पनि यहाँ खेलिन्छन् ।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद