नेभिगेशन
खेलकुद

कर्णाली टिम बिक्रीमा छैन, भ्रमपूर्ण समाचारको खण्डन गर्दै भन्यो दोस्रो संस्करण शसक्त भएर आउँछौं : कर्णाली याक्स

काठमाडौं - फ्रेन्चाइज कर्णाली याक्सले दोस्रो संस्करण शसक्त भएर आउने तथा टिम बिक्रीमा नभएको समर्थकहरुलाई प्रष्ट पारेको छ ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्लब कर्णाली याक्सले बुधबार बक्तब्य जारी गर्दै गलत सुचनाको पछि नलाग्न अनुरोध गरेको छ ।  

‘भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं,’ क्लबमा मालिक गृहेन्द्र घिमिरेले भनेका छन्, ‘कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौं ।’

मंगलबार सामाजिक संञ्जालमा कर्णाली याक्स बिक्रीमा रहेको तथा मालिक परिवर्तनको अफवाह फैलिएपछि कर्णाली याक्सले त्यस्ता सुचनाको खण्डन गरेको हो । कर्णाली याक्सले कर्णालीबासीको भावनासँग खेलिएको पनि जिकिर गरेको छ । 

‘हाम्रो टिमबारे बिना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ ।’

एनपिएलको पहिलो संस्करण जनकपुरले जित्दा कर्णाली प्लेअफ खेलेको थियो । सोमपाल कामी मार्की रहेको टिममा पूर्व विश्व च्याम्पियन भारतीय चर्चित खेलाडी शिखर धवन समेत खेलेका थिए । ‘पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो । समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ । कर्णाली याक्सले एक प्रदेशको प्रतिनिधित्व गर्ने क्रममा भारतीय राष्ट्रिय टोलीका विश्व च्याम्पियन ओपनर शिखर धवनलाई अनुबन्ध गर्दै केवल नेपाली क्रिकेटमा मात्र योगदान गरेन, देशको खेल पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण प्रभाव पा¥यो। धवनजस्ता खेलाडीलाई नेपाल ल्याउनु हाम्रो लागि गर्वको विषय रह्यो ।’

कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरे यस्तो लेखेका छन्

कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको एक महत्वपूर्ण हिस्सा थियो। कीर्तिपुरस्थित टियु मैदानमा भव्य रूपमा सम्पन्न भएको यो प्रतियोगितामा कर्णाली याक्सले उस्तै उत्साह र समर्पणका साथ आफूलाई प्रस्तुत गर्‍यो।

पहिलो एनपीएलको भव्य सफलतामा एक फ्रेन्चाइज टिमका रूपमा हाम्रो योगदान विशेष रह्यो भन्ने कुरा सबैलाई अवगत छ।

कर्णाली याक्सले एक प्रदेशको प्रतिनिधित्व गर्ने क्रममा भारतीय राष्ट्रिय टोलीका विश्व च्याम्पियन ओपनर शिखर धवनलाई अनुबन्ध गर्दै केवल नेपाली क्रिकेटमा मात्र योगदान गरेन, देशको खेल पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण प्रभाव पार्‍यो। धवनजस्ता खेलाडीलाई नेपाल ल्याउनु हाम्रो लागि गर्वको विषय रह्यो।

प्रतिस्पर्धात्मक रूपमा पनि हाम्रो टिमको प्रदर्शन उच्चस्तरको रह्यो। यद्यपि, हामी उपाधि जित्न र फाइनल खेल्न सकेनौं, तर त्यति भव्य लिगको प्लेअफसम्म पुगेर सम्पूर्ण कर्णालीवासीको गौरव बढाउन सफल भयौं।

पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो। समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ। तर, हामी कर्णाली याक्सलाई अझ सशक्त बनाउने तयारी गरिरहँदा केही सञ्चारमाध्यमहरूमा हाम्रो टिमबारे भ्रामक समाचार प्रकाशित भएका छन्।

हाम्रो टिमबारे बिना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना, र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ।

यस्ता भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन। तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं। त्यसैले, कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौं।

गृहेन्द्र घिमिरे

कर्णाली याक्स

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद