नेभिगेशन
राजनीति

कुलमानको समर्थनमा संसदमा हंगामा : विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ -विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । 

त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए । विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए । 

बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए ।  ४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर किन सरकारले आफ्नो औचित्य गुमाइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति