कुलमान घिसिङको समर्थनमा राष्ट्रिय सभा पनि विपक्षीको बिरोध ,बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं - राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।
अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।
विपक्षी दलहरूको अवरोधले निरन्तरता पाएपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका हुन् ।
यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १३:४३
प्रतिक्रिया दिनुहोस्