Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजै ३ बजे बस्ने गरि सूचना टाँसेर सर्‍यो संसद् बैठक

बुधबार, चैत १३, २०८१

काठमाडौं - सूचना टाँस गरेर संसद् बैठक स्थगित गरिएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन ।

samridhi jewllers

त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।

यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्