Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीबारे प्रचण्डको टिप्पणी– फेरि एक पटक स्वर्ग र नर्क सम्झायो

बुधबार, चैत १३, २०८१

काठमाडौँ - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन् ।

samridhi jewllers

बुधवार प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे । प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री केपी ओलीको नियतमाथि प्रश्न उठाए । 

‘प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ । 

सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने । 

सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय(टीआरसी) सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए । प्रचण्डले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्