Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी

बुधबार, चैत १३, २०८१

काठमाडौं- ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

samridhi jewllers

बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।

स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए ।

आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।

वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्