Nic Ad Nic Ad
Nic Ad Nic Ad

देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले बिदेसिनुपर्ने बाध्यता छ : राप्रपा प्रवक्ता लावती

बुधबार, चैत १३, २०८१

काठमाडौँ- वर्तमान व्यवस्था विरोधी दल राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले २०६२/०६३ को जनआन्दोलनपछि नेताहरूले नेपाललाई १० वर्षमा स्विट्जरल्याण्ड र सिंगापुरजस्तो बनाउने भनेर झुट बोलेको बताएका छन् । 

samridhi jewllers

विराटनगरमा राप्रपा नेपालद्वारा आयोजित मोटरसाइकल र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिले युवाहरू सामान्य रोजीरोटीका लागि पनि बिदेसिनुपर्ने बाध्यता रहेको बताए । 

वर्तमान व्यवस्थामा जनताले कुनै परिवर्तनको आभास गर्न नपाएको जिकिर गर्दै उनले अब राजसंस्था पुनर्स्थापना जरुरी रहेको बताए । 

‘हाम्रो पार्टीले हिजो निर्णय गर्‍यो, हामी संयुक्त आन्दोलनको मोर्चामा सहभागी हुन्छौँ । १५ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन्छौँ’, उनले भने, ‘अब परिवर्तन हुन्छ हुन्छ ।’

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्