Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान

बुधबार, चैत १३, २०८१
samridhi jewllers

काठमाडौं- पदावधि छँदै आफूलाई सरकारले बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनी सर्वोच्च अदालतमा न्याय माग्न पुगेका हुन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । उनका प्रतिनिधिले पेश गरेको निवेदन करिव ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्