Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक : महेश बर्तौला

बुधबार, चैत १३, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक कुरा भएको टिप्पणी गरेका छन् ।

samridhi jewllers

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक कुरा भएको बताए ।

विपक्षी दलले नियोजित रूपमा संसद्लाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको प्रष्ट्याए ।

‘यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्छ’, बर्तौलाले भने ।

कानूनबमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्लै रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्