Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेटौँडामा देवरकाे खुकुरी प्रहारबाट भाउजुको मृत्यु, दाजु गम्भिर घाइते

बिहीबार, चैत १४, २०८१

हेटौंडा -हेटौँडामा आफ्नै देवरले भाउजुको खुकरी प्रहार गरी हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

samridhi jewllers

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले ३५ वर्षीया भाउजु गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

यस्तै राहुलको आक्रमणबाट माइला दाजु रुपेश दास घाइते भएका छन् । गम्भिर अवस्थाका रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको टाउको, ढाड र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरी निरीक्ष सापकोटाका अनुसार राहुलले माइलो दाईमाथी खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर अपरान्ह ४ बजेतिर घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो । तर घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा राति पौने ९ बजेतिर घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाई रुपेशलाई भन्दा पहिला भाउजुलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए । गुडियाको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको उनले जानकारी दिए । गुडियाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन र के उदेश्यले भाउजु र माइलो दाईमाथी आक्रमण गरे भन्ने खुली नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । निरीक्षक सापकोटाका अनुसार मृतक गुडियाका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन् । गुडियाका ३ सन्तान रहेका छन् । घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्