नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको टिप्पणी- १०-१५ हजारका जुलुस सधैँ निस्किन्छन्, भोलि पनि हुने त्यही हो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौँमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।

आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरेका छन् ।

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौँमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरे ।

‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’

यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति