Nic Ad Nic Ad
Nic Ad Nic Ad

BREAKING : घोडेजात्राको लागी काठमाडौको यी स्थानमा सभा सम्मेलन नगर्न महानगरको अनुरोध

बिहीबार, चैत १४, २०८१

काठमाडौ - काठमाडौ महानगरले घोडेजात्राको लागी काठमाडौको विभिन्न स्थानमा सभा सम्मेलन नगर्न अनुरोध गरेको छ ।

samridhi jewllers

काठमाडौँ महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्‍हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ ।

महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भन्दै वसन्तपुर, न्युरोड लगायतका क्षेत्रमा उक्त सभा, प्रदर्शन नगर्न आग्रह गरिएको हो ।

शुक्रबार काठमाडौँमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । उक्त प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

राजावादीहरूले काठमाडौँको तीनकुनेमा सभा आयोजनाका लागि स्थान पाएका छन् भने गणतन्त्रवादीहरूलाई भृकुटीमण्डपमा ठाउँ उपलब्ध गराइएको छ ।

उक्त सभाका कारण जात्रामा अवरोध नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महानगरले वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनका लागि अनुरोध गरेको हो ।

काठमाडौँको यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजा:देयग:मरू, वसन्तपुर, ढोकाटोल, चसान, लाख:गल्ली, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा जात्रा सञ्चालन हुने महानगरले बताएको छ ।

‘जात्राको रुटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरूले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ,’ नगर कार्यपालिकाले सूचना जारी गर्दै भनेको छ ।

त्यस्तै, महानगर प्रहरी बलले पनि सो क्षेत्रको रुटमा सहज आवागमनका लागि अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्