नेभिगेशन
राजनीति

ट्रम्पको मोदीसँगको त्यो घोषणाका कारण राजसंस्थावादी आन्दोलित भएका हुन्, यसको अर्थ के हो?

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित हुनासाथ त्यहाँको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा संयुक्त पत्रकार सम्मेलन भयो। 

सो क्रममा ट्रम्पले नेपालका जिकिर नगरे पनि बंगलादेशका विषयमा भनिदिए,‘दक्षिण एसीयामा भारतले जसरी हेर्न चहान्छ त्यसमा अमेरिकी साथ रहन्छ।’

हिन्दू कट्टरपन्थी प्रधानमन्त्रीका रुपमा परिचित भएका तेस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री मोदीका अति खास गरेका उत्तर प्रदेशका मुख्यमन्त्री योगदी आदित्यनाथको तस्बिर राखेर ज्ञानेन्द्र शाहको स्वागतमा गत २५ फागुनमा राजधानीमा गरिएको स्वागत भिँड अर्थपूर्ण थियो। 

यसपछि राजसंस्थावादीको शक्ति प्रदर्शनको घोषणासँगै गणतन्त्रवादी भनिएका परस्परबिरोधी समाजवादी मोर्चाले पनि शुक्रबारका लागि कार्यक्रम राख्यो। 

यसरी कार्यक्रम जुधाइदिनु अर्थपूर्ण रहेको राजनीतिक विश्लेषकहरूको दाबी छ। ‘उता ट्रम्पको भनाई, यता मोदीका सन्निकट मानिने योगीको तस्बिरसहितको आन्दोलन वा स्वागत जे भने पनि यसको कहिँ न कहिँ कनेक्शन हुन सक्छ’, एक विश्लेषक भन्छन्,‘यसपछिका घटनाक्रमसँगै भारतीय मिडियामा देखिएको चर्चालाई असामान्य या असाधारण लिन मिल्दैन।’

विपक्षी दलको समाजवादी मोर्चाको विरोध दुईतिर फर्किएको छ – पहिलो राजावादीविरुद्ध, दोस्रो सरकारविरुद्ध।

ज्ञानेन्द्र र राजसंस्था पक्षधर दलहरूले पछिल्लो समय सक्रियता बढाएपछि नेपालमा विगतमा १० वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरेको माओवादीसहितका दल सम्मिलित नेतृत्वको विपक्षी समाजवादी मोर्चाले परिवर्तन रक्षा गर्न ’शक्ति प्रदर्शन’ गर्ने घोषणा गरेको थियो।

प्रधानमन्त्री केपी ओलीले वर्षौँको लोडशेडिङ अन्त्य गराएर लोकप्रियता कमाएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई यसै हप्ता बर्खास्त गरेपछि विपक्षी दलहरू एकताबद्ध भएर संसद् पनि अवरुद्ध बनाइरहेका छन्।

अर्कोतिर, मेडिकल कलेज व्यवसायी र विभिन्न मुलधारका दल निकटस्थ व्यक्ति हुँदै पछिल्लो समयमा पूर्व राजा समर्थक नेताको छवि बनाएका दुर्गा प्रसाईँ नेतृत्वको अभियानले आफ्नो कार्यक्रमलाई ‘जनविद्रोह’को संज्ञा दिएको छ।

उक्त अभियानले हिन्दू राज्यसहित राजसंस्था स्थापना, सङ्घीयता खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने सहितका विभिन्न माग राखेको छ जो अन्य राजावादी शक्तिहरूको मागसँग मिल्छ।

सो अभियानका प्रदर्शनलाई राजसंस्था पक्षधर विभिन्न समूहहरूलाई एकताबद्ध गर्ने उद्देश्यले हालै नवराज सुवेदीको नेतृत्वमा बनाइएको समितिले समर्थन गरेको छ।

आफ्ना कतिपय ‘उग्र टिप्पणीहरू’ का कारण पनि चर्चामा रहने प्रसाईँ र विगतमा व्यवस्था परिवर्तनका लागि दशक लामो युद्ध गरेको माओवादीका समर्थकहरू एकैदिन काठमाण्डूका सडकमा ओर्लिँदा उत्पन्न हुनसक्ने चुनौतीलाई धेरैले नजिकबाट नियालिरहेको पाइन्छ।

अघिल्लो वर्ष प्रसाईँ नेतृत्वको समूहले राजधानीमा प्रदर्शन गर्दा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसम्बद्ध युवा सङ्घका कार्यकर्ताहरूसँग झडप भएको थियो।

अझ जनआन्दोलन भनी राजसंस्थावादीको कमान्डरका रुपमा प्रसाईं घोषित भए। निर्मल निवास छिरेर ज्ञानेन्द्र शाहसँगको भेटपछि उनको कमान्डरीय हिसाबमा हुने आन्दोलनले कस्तो रुप लिन सक्ला? त्योचाहिँ हेर्न बाँकी छ। 

यता दुई पक्षको झडप हुन सक्ने जोखिमलाई लिएर उपत्यका प्रहरी कार्यालयले कम्तिमा २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिसकेको छ। प्रहरी उच्च स्रोतका अनुसार सक्षमताका साथ सुरक्षा दिनेगरी परिचालन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति