नेभिगेशन
राजनीति

तीनकुनेमा राजावादीमाथि अश्रुग्यास प्रहार, कतिपय नियन्त्रणमा

काठमाडौं– राजसंस्था र हिन्दूत्वको मागसहित तीनकुनेमा भेला भएका राजवादी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सो क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए। निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए। प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति