नेभिगेशन
राजनीति

राजावादी आन्दोलन उग्र, दमनपछि राजसंस्थावादीले तीनकुनेको भवनमा लगाए आगो!

काठमाडौं– काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेपछि उग्र रुप लिएको छ।

राजसंस्थावादी आन्दोलनकारीले तीनकुनेस्थित एक भवनमा आगजनी गरेको बताइएको छ। 

यस विषयमा प्रहरीले थप पुष्टि नगरे पनि आन्दोलन चलिरहेको स्थानमा धुँवाको ठूलो मुस्लो निस्किएको देखिएको छ। 

आगजनीपछि प्रहरीले थप बल प्रयोग गरी आन्दोलनकारी तितरबितर पारिरहेको छ। अश्रुग्याँस प्रहार भएका छन् भने पानीका फोहोरा पनि चलाइएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति