नेभिगेशन
समाज विविध

तीनकुनेको भवनमा आन्दोलनकारीले लगाएको आगो निभाउन हिँडेको महानगरको दमकल तोडफोड

काठमाडौं– काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेपछि उग्र रुप लिएको छ।

राजसंस्थावादी आन्दोलनकारीले तीनकुनेस्थित एक भवनमा आगजनी गरेको बताइएको छ। 

यस विषयमा प्रहरीले थप पुष्टि नगरे पनि आन्दोलन चलिरहेको स्थानमा धुँवाको ठूलो मुस्लो निस्किएको देखिएको थिया। 

आगो निभाउनका लागि काठमाडौं महानगरपालिकाले पठाएको दमकलमाथि आन्दोलनकारीले तोडफोड गरेका छन्। 

महानगर स्रोतका अनुसार दमकललाई अवरोध गरिनुका साथै तोडफोड गरिएको हो। 

आगजनीपछि प्रहरीले थप बल प्रयोग गरी आन्दोलनकारी तितरबितर पारिरहेको छ। अश्रुग्याँस प्रहार भएका छन् भने पानीका फोहोरा पनि चलाइएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध