नेभिगेशन
राजनीति

मन्त्रिपरिषद बैठकमा चार सुरक्षा प्रमुख पनि सहभागी, गणतन्त्रमा दुर्लभ घटना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ। 

बैठकमा दुर्लभ घटना के छ भने सुरक्षा निकायका चार प्रमुख पनि सहभागी छन्। 

प्रधानसेनापति अशोक सिग्देल, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि सहभागी रहेको उच्च स्रोतले जनायो।

गणतन्त्र घोषणायता यो दुर्लभ घटना हो, मन्त्रिपरिषदमा।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति