नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीका उच्च निगरानी बढाइयो, गृहमन्त्री लेखक तीनकुनेमा

काठमाडौं– कफ्र्यु आदेश हटाइए पनि तीनकुनेलगायत राजावादी आन्दोलनकारीले प्रदर्शन गरेको क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सादा पोशाकसहित प्रहरीको निगरानी बढाइएको हो।

शुक्रबार भएको प्रदर्शनका क्रममा एक जनाको गोली लागी ज्यान गएको थियो भने एक पत्रकारको आगलागी गरिएको घरमा जलेर मृत्यु भएको थियो। 

यसैबीच तिनकुने क्षेत्रमा गृहमन्त्री रमेश लेखकले अवलोकन गर्ने भएका छन्। शनिबार बिहान उनी अवलोकनका लागि तीनकुने क्षेत्र जाने प्रहरीले जनायो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

लागुऔषधसहित १७ जना पक्राउ