नेभिगेशन
समाज विविध

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित, यस्तो छ कारण

काठमाडौं– रत्न राज्य (आरआर) क्याम्पसको शनिबारका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

राजधानीमा शुक्रबार राजावादी आन्दोलनकारी र प्रहरीबीच भएको झडपका कारण स्थिति असहज हुने भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख डा. पद्म कुमार अधिकारीले बताए।

एक सूचना जारी गरी भनिएको छ,‘१५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकार वालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने समेत जानकारी गराइन्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता