नेभिगेशन
राजनीति

राजसंस्थावादी आन्दोलनमा भएको मानवीय र अन्य क्षतिबारे शिव सेना नेपालले यसो भन्यो

काठमाडौं– राजसंस्थाको पक्षमा भएको आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान जाने र धनजनको क्षतिप्रति शिव सेना नेपालले दुख प्रकट गरेको छ।

अध्यक्ष अनिल बस्नेतले एक वक्तव्यमार्फत भनेका छन्,‘हामीले विगत लामो समयदेखि शान्तिपूर्ण देशभक्ति जनजागरण अभियान गर्दै आएको नेपाली जनता माझ जगजाहेरै छ। हाम्रो मूल सिद्धान्त भनेकै नेपालमा राजसंस्था, वैदिक सत्य सनातन धर्म र अखण्ड नेपाल नै हो।’

वक्तव्यमा अगाडि भनिएको छ,‘नेपाली जनता देशभक्ति भावले उपस्थिति हुनुभएको थियो। यस कार्यक्रममा घुसपेट साथै नेपाल सरकारको प्रशासनले नेपाली जनतामाथि दमन गरिएको सम्पूर्ण नेपाली जनतामाझ छर्लङ्ग नै छ। देशभक्ति भावले उपस्थिति भएको युवा र सञ्चारकर्मी जसले सत्यतथ्य समाचार नेपाली जनतामाझ राख्न भनेर आएको देशभक्ति पत्रकारले र देशभक्त युवाले शरीर गुमाउँदा हामी मर्माहित ,गहिरो दुःख प्रकट साथै उहाँ हरूको आत्माको चिर शान्ति र मोक्ष प्राप्तिको लागि भगवान श्री पशुपतिनाथको चरणमा हृदयदेखि स्तुति गर्दछौं।’

उनले यस्तो भनेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति