नेभिगेशन
विश्व

ट्रम्प र कार्नीबीच टेलिफोन कुराकानी

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच टेलिफोन कुराकानी भएको छ । दुई नेताबीच कुराकानी गरेको यो पहिलो पटक हो ।

अमेरिका र क्यानडाबीच व्यापार युद्ध चलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क कार्नीसँग कुरा गरेका छन् । ट्रम्पले धेरै पटक क्यानडालाई अमेरिकाको ५१ औं राज्यको रूपमा वर्णन गरेका छन्।

कार्नीले ट्रम्पसँगको आफ्नो फोन वार्तालाई 'रचनात्मक' भनेका छन् भने ट्रम्पले वार्तालापलाई 'उपयोगी' भएको बताएका छन् ।

ट्रम्पले आयातित सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो क्यानेडियन कार उद्योगको लागि धेरै हानिकारक हुने बताइएको छ ।

क्यानडाका प्रधानमन्त्रीको कार्यालयले दुई नेताहरू चुनावपछि (अप्रिल २८ मा हुने) तुरुन्तै नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा व्यापक वार्ता सुरु गर्न सहमत भएको बताएको छ ।

मार्क कार्नीले एक दिन अघि क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध, जुन मूल रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित थियो, अब समाप्त भएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन