नेभिगेशन
राजनीति

सर्वोच्चमा व्यक्ति हत्याको मुद्धा रहेका माओवादी प्रवक्ता भन्छन्ः आपराधिक कार्य गर्नेलाई कारबाही गर!

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले तीनकुनेमा भएको राजसंस्थावादीको आन्दोलनका क्रममा भएको घटनाको भत्र्सना गरेका छन्।

एक विज्ञप्ति जारी गरेका सापकोटाले आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

अर्जुन लामा हत्या प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा हेर्दा हेर्दैमा रहेका सापकोटाले विज्ञप्तिमा शुक्रबारको प्रदर्शनमा ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा प्रदर्शनकारीहरूले विध्वंसात्मक कार्य गरेको आरोप लगाइए।

प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै नेकपा (एकीकृत समाजवादी) को कार्यालय, सञ्चार गृह, औषधि कारखाना, डिपार्टमेन्ट स्टोर तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै माओवादी केन्द्रले ती सबै घटनाको निन्दा गरेको सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति