नेभिगेशन
सुरक्षा–अपराध

राजसंस्थावादी आन्दोलनमा तीनकुनेमा पेस्तोलसहित देखिएका सादा पोशाकका प्रहरी, किन आएका थिए?

काठमाडौं– काठमाडौंको तीनकुनेमा राजसंस्थावादी आन्दोलनका क्रममा शुक्रबार पेस्तोलसहित देखा परेका युवा नेपाल प्रहरीका कर्मचारी रहेको खुलेको छ।

राजावादी आन्दोलनकारीले तोडफोड र आगजनी गर्ने क्रममा तीनकुनेस्थित लागु औषध व्यूरो अगाडि देखिएका उनी सोही कार्यालयका कर्मचारी रहेको पत्ता लागेको हो। 

ब्यूरोको टोली सादा पोशाकमा खटिएको हुन्छ। प्रहरी कार्यालयमा नै आन्दोलनकारी छिर्ने स्थिति आउन नदिनका लागि उनले पेस्तोलसहित पोजिशन लिएको बताइएको छ।

राजावादीहरूले ‘आन्दोलनमा घुसपैठ भयो भन्दै’ उक्त तस्वीर भाइरल बनाइरहेका छन् ।

राजावादी प्रदर्शनकारीहरुले ब्यूरोको कार्यालय अगाडि सडकमा रोकेको सरकारी गाडीमा आगो लगाए। भिडले प्रहरीको गाडीलाई पल्टाउन खोज्दै आगो लगाएको थियो।

प्रहरीको गाडीमा आगो लगाएपछि प्रदर्शनकारीहरू ब्यूरोमा पसेर आगो लगाउन खोजेका थिए। त्यसक्रममा ब्यूरोमा कार्यरत प्रहरीले पेस्तोल निकालेर पोजिसन लिन खाजेको अवस्थामा देखा परेको उच्च स्रोतले जनायो। 

पेस्तोल लिएर पोजिसन लिने प्रहरीलाई आन्दोलनकारीले लखेटका थिए। उक्त घटनामा गाडी जले पनि ब्यूरोमा भने आन्दोलनकारीले आगो लगाउन पाएनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

तीनकुने घटना : थप १८ जना पक्राउ