नेभिगेशन
राजनीति

सोमबार केन्द्रीय समितिको बैठक डाक्दै रास्वपा सचिवालयले गरेको अर्को निर्णय 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय समितिको बैठक डाकेको छ। 

शनिबार भर्चुअल रुपमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकसहित दुई निर्णय गरेको हो।

रास्वपाले १ नम्बर निर्णयमा भनेको छ,‘काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने।’

सचिवालयको दोस्रो निर्णय यस्तो छ,‘पार्टीको केन्द्रीय समिति बैठक २०८१ चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय गरेको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति