नेभिगेशन
राजनीति

प्रकाशचन्द्र लोहनी भन्छन्ः टियर ग्याँस मेरो खुट्टैमा खस्यो, खड्गप्रसाद ओलीले जिम्मा लिनुपर्छ

काठमाडौं– राप्रपाका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राजसंस्थावादीको आन्दोलनमाथि राज्यले षडयन्त्र गरेको आरोप लगाएका छन्। 

उनले एक टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन्। 

डा. लोहनी भन्छन्,‘सभामा शान्तिपूर्ण रुपमा सम्बोधन गर्ने र सांस्कृतिक कार्यक्रमको पनि तयारी थियो। मञ्चमा चढ्दा टियर ग्याँस हानियो, मेरो खुट्टैमा लाग्यो।’

काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका लोहनी भन्छन्,‘यो सबैको जिम्मा सरकारको नेतृत्व गरेका कारण खड्गप्रसाद ओलीजीले लिनुपर्छ। मैले जीवनमा पहिलो पटक टियर ग्याँस देखें।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति