नेभिगेशन
राजनीति

गृहमन्त्रीलाई माधव नेपालको प्रश्न- प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आदेश नमानेको हो ? भन्दै प्रश्न गरेका छन्।

आज (शनिबार) पार्टी कार्यालय आलोकनगरमा शुक्रबारको आन्दोलनमा गरिएको तोडफोडको अनुगमनपछि अध्यक्ष नेपालले गृहमन्त्रीलाई ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्ने प्रश्न गरेका हुन् ।

शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति