नेभिगेशन
समाज विविध

गृहमन्त्रीले भने- प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानुनअनुसार कारबाही गर्छौं

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राजावादीहरूले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरूले शुक्रवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।

सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुगेका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरूले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गरे । शुक्रवारको आन्दोलन प्रदर्शन भन्दा बढी आपराधिक घटना भएको बताए ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता