नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवाको निवासमा पदाधिकारी बैठक, केही नयाँ आउनेवाला छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक डाकेका छन्।

शनिबार दिउँसो ४ बजेका लागि डाकिएको बैठकमा सरकारको काम, राजसंस्थावादीको आन्दोलन र त्यसमा भएको क्षतीको विषयमा छलफल हुने बताइएको छ।

सोही बैठकले राजसंस्थावादी आन्दोलनका विषयमा कांग्रेसको आधिकारिक नयाँ धारणा सार्वजनिक गरिने अपेक्षा गरिएको छ। 

एक पदाधिकारी भन्छन्,‘अब सदनमा भएका दलहरू कसरी मिलेर जाने, टीआरसीको अन्तिम रुप, अध्यादेश पारितदेखि राजसंस्थावादीको आन्दोलनको समीक्षा हुनेछ। अनि आधिकारिक धारणा आउँछ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति