नेभिगेशन
राजनीति

देउवाले भने- अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्‍याए ।

‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति