नेभिगेशन
सुरक्षा–अपराध

‘अप्रेशन युनिफर्म’मा प्रहरी प्रमुखको ‘ब्रिफिङ’

काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाले माथहतका प्रहरी अधिकारीलाई सुरक्षा व्यवस्था कडा पार्नका लागि निर्देशन दिएका छन्। 

शुक्रबार राती अबेरसम्म मन्त्रिपरिषद बैठकमा नै सहभागी भएका उनी शनिबार बिहानै गृहमन्त्री रमेश लेखकसहितको टोलीमा राजसंस्थावादीले तिनकुनेलगायतमा गरेको क्षतिको विवरण बुझ्न पुगेका थिए। 

शनिबार अप्रेशन युनिफर्ममा प्रधान कार्यालयबाट मुलुकभरका प्रदेश प्रहरी प्रमुखलगायतलाई उनले भर्चुअल माध्यमबाट सुरक्षा व्यवस्थामा खेलाँची नगर्नका लागि निर्देशन दिएका हुन्। 

थापा शनिबार काठमाडौंमा हुने घोडेजात्रा लगायतका कार्यक्रमको सुरक्षा प्रबन्ध मिलाउनका लागि पनि कस्सिएका छन्।

राजसंस्थावादीका नाममा हुने अराजकता र कानुनविपरितका कामलाई निगरानीमा राखेर काम गर्न निर्देशन जारी भएको प्रधान कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

लागुऔषधसहित १७ जना पक्राउ