नेभिगेशन
राजनीति

बालेनको जरिवानाप्रति कमल थापाले यसो भनेछन्

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादीको आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई गरेको जरिवाना प्रति टिप्पणी गरेका छन् ।

थापाले शनिबार सामाजिक सञ्जालमा लेख्दै महानगरको यो निर्णय गलत ठेगानामा पठाइएको पत्र जस्तो ‘स्टण्ट’ भएको टिप्पणी गरेका छन् । उनले तीनकुने घटनामा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोप्रति आपत्ति समेत व्यक्त गरेका छन् । 

महानगरले ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ । महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ ।

थापाले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् । 

तिनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ।'गलत ठेगानामा पठाईएको पत्र' जस्तो "स्टण्ट" भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु। संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ। पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति