नेभिगेशन
राजनीति

बाठो बनेका एमाले उपमहासचिव रिमाललाई बालेनको प्रश्न: जरिवाना किन नतिरेको?

काठमाडौ - काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेलाई महानगरलाई जरिवाना किन नतिरेको भन्दै प्रश्न गरेका छन् ।

उनले राजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काटेसगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बिष्णु रिमालले महोत्तरीको एउटा सामन्य परिवारका सयौं बर्ष अधिनायकी शासन सन्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन यो शक्ति दिन सक्ने ब्यवस्थाको नाम गणतन्त्र भन्दै सामाजिक संजालमा लेखेसगै बालेनले महानगरलाई जरिवाना किन नतीरेको भनेर प्रश्न गरेका हुन् ।

उनले भनेका छन अरु सबै ठिक छ म सामन्य मान्छे नै हो मेरो बुबा बाजेचाही राजा हो परिवारको बारेमा बढी नबोल्नुहोला

 

रिमालले काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको घटनालाई गणतन्त्रको शक्ति बताउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।

उनको यो स्टाटसले राजनीतिक वृत्तमा चर्चा पाएको छ। कतिपयले यसलाई गणतन्त्रको विशेषता भन्दै समर्थन गरेका छन् भने कतिपयले राजनीतिक पूर्वाग्रहबाट प्रेरित अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन्।

रिमालको स्टाटस पूर्वराजा शाहलाई काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको घटनासँग जोडिएको देखिन्छ। राजावादीले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दा फोहोर, तोडफोड, र लुटपाट भएको भन्दै महानगरले निर्मल निवासलाई जरिवानासहितको पत्र पठाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति