नेभिगेशन
सुरक्षा–अपराध

राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रसहित महामन्त्री राणा र स्वागत नेपालविरुद्ध म्याद थपिने कारण

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, राजसंस्थावादी आन्दोलनका प्रवक्ता अधिवक्ता स्वागत नेपालसहित नौ जनालाई आइतबार म्याद थप्ने भएको छ।

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ गरिएका मिश्र, राणा,  ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ। 

सबैलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

उनीहरूलाई आन्दोलन भड्काउन भूमिका खेल्ने ‘हार्ड कोर’को रूपमा परिभाषित गर्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो। उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ । 

शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ