नेभिगेशन
सुरक्षा–अपराध

ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरियो, यी हुन् सशस्त्रका नयाँ कमान्डर

काठमाडौं– पूर्वराष्ट्र प्रमुखको हैसियतमा रहेका ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली फेरिएको छ।

गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) जगदिश हमालको कमाण्डमा रहेको टोली नै परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृत्वको टोली शाहको सुरक्षामा खटिएको छ।

डीएसपी पाठक सुरक्षा कमान्डमा अब्बल मानिन्छन्।

शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो। भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो।

यसैबीच कतिपय समाचार माध्यमले शाहलाई अघोषित नजरबन्दमा राखिएको दाबी गरेका छन्। तर, उच्च सुरक्षा स्रोतका अनुसार भीभीआईपीको सुरक्षाबाहेक त्यस्तो नजरबन्द गरिएको अवस्था छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध