नेभिगेशन
समाज विविध

जरिवाना पत्र बोकेर ज्ञानेन्द्र शाहको घर पुग्यो महानगर प्रहरी, निर्मल निवासले के भन्यो?

काठमाडौं– काठमाडौं महानगरपालिका–३२ लगायतका विभिन्न ठाउँमा गरिएको फोहोर, सार्वजनिक सम्पत्तिलगायतको तोडफोडवापतको जरिवाना पत्र बोकेर महानगर प्रहरी बल निर्मल निवास पुगेको छ।

७ लाख ९३ हजार रुपैंयाको ८ वटा जरिवाना पत्र लिएर ज्ञानेन्द्र शाहको निजी निवास निर्मल निवासमा पत्र लिएर महानगर प्रहरी बलका कर्मचारी पुगेको प्रमुख राजु पाण्डेले क्यानडानेपाललाई जानकारी दिए। 

पाण्डेका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न मानेको छैन। जसरी पनि जरिवाना पत्र बुझाएर फर्किने तयारीमा महानगर प्रहरी बल रहेको छ।

शनिबार काठमाडौं महानगरपालिकाले जरिवाना पत्र काटेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध