नेभिगेशन
राजनीति

राप्रपालाई निषेध गरेर ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं– सदनमा रहेको पाँचौ राष्ट्रिय दल राप्रपालाई निषेध गरी प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ७ बजेलाई सर्वदलीय बैठक डाकेका छन्।

शुक्रबारको आन्दोलन र राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन्। यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ।

यसैक्रममा प्रधानमन्त्री ओलीले र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवादसमेत भएको थियो। 

कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोधसमेत गरिरहेका बेला बालुवाटार गणतन्त्रको कित्तामा रहेका दलहरूसँग सामूहिक छलफल गर्न लागिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति