नेभिगेशन
राजनीति

पार्टी काममा फर्किए रास्वपा सभापति रवि लामिछाने, अब के–के गर्दैछन्?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सक्रिय हुने भएका छन्। 

सोमबारदेखि उनी पार्टीको काममा फर्किने भएका छन्। यसैकारण सोमबारका लागि रास्वपाले दुई वटा केन्द्रीय समितिको बैठक राखेको कार्यबाहक प्रवक्ता मनिष झाले जनाएका छन्। 

पहिलो बैठकमा कार्यबाहक सभापति डीपी अर्याल धन्यवाद दिएर विदा हुनेछन्। 

दोस्रो बैठकको सभापतित्वसहित सक्रिय हुने लामिछानेको उपस्थितिका निम्ति ६ एजेन्डा तय भएका छन्। 

पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ, लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धको बैठकमा लामिछानेको सभापतित्व रहनेछ। 

यसैगरी जन यात्रा कार्यक्रम बारे, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन र महाधिवेशन कार्यतालिका र विविध विषयमा छलफल हुनेछ।

सहकारी ठगी प्रकरणको मुद्दा मामिलामा रहेका कारण पार्टीका औपचारिक कार्यक्रममा लामिछाने सक्रिय भएका थिएनन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति