नेभिगेशन
खेलकुद

सनराइजर्समाथि दिल्लीको शानदार जित

काठमाडौँ - जारी आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि फाफ डु प्लेसिसले ५० रन बनाएका थिए भने जाक फ्रासर म्याकगर्कले ३८, अविशेक पोरेलले अविजित ३४ रन र ट्रीसटनले २१ रन  बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर जिशान अन्सारीले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर सनराइजर्सले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो । सनराइजर्सका लागि अंकित वर्माले ७४ रन बनाएका थिए भने हेइनरीच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाएका थिए ।

त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ५ विकेट लिएका थिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए ।

यो दिल्लीको लगातार दोस्रो जित हो । त्यस्तै सनराइजर्सले भने लगातार दोस्रो हार बेहोरेको छ । सनराइजर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद