नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिदै

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो ।

 त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो ।


आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिदै छन् ।  

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति