नेभिगेशन
सुरक्षा–अपराध

चार दिन अगाडि हराएका थिए माकलबारीमा गाडिएको अवस्थामा भेटियो साहको शव, को–को पक्राउ गरिए?

काठमाडौं– हराएको चार दिन पछाडि काठमाडौंको माकलबारीमा गाडिएको अवस्थामा एक १९ बर्षिय युवकको शव प्रहरीले उत्खनन् गरेको छ। हत्या गरेको अभियोगमा ६ जनालाई पक्राउ समेत गरेको छ।

भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डललाई हत्या अभियोगमा पक्राउ गरिएको हो। 

सर्लाहीको चक्रघट्टा–८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो। खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

तीनकुने घटना : थप १८ जना पक्राउ