नेभिगेशन
अर्थ विविध

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौं - सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा १ हजार १०० रुपैयाँले बढेर आज सुन प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रति तोला १० रुपैयाँ बढेर २ हजार ३५ रुपैयाँ कायम छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति‍औंस ३१०८.७२ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३४.८५ डलर छ। आइतबार सुन प्रतिऔंस ३०८५.५७ डलर र चाँदी प्रतिऔंस ३४.१३ डलर थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध