नेभिगेशन
राजनीति

अनि प्रचण्डसँग विदा मागेर निस्किए प्रधानमन्त्री ओली

काठमाडौं–सदन बैठकमा लामो सम्बोधन गरेको केही समयमा नै प्रधानमन्त्री केपी शर्मा ओली निस्किए। 

प्रतिपक्षी कित्तामा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग विदा मागेर उनी निस्किएका थिए। 

‘म जानुपर्ने भयो, निस्किएँ’, प्रधानमन्त्री ओलीले भनेपछि प्रचण्डले टाउको हल्लाएर अनुमति दिएको देखिन्थ्यो।

सदनको सम्बोधनका क्रममा ओलीले प्रचण्डलाई खुशी बनाउनका लागि समाजवादी मोर्चाको कार्यक्रम चैत १५ गते सभ्य भएको बताएका थिए भने राजावादी आन्दोलन हिंस्रक र उग्र भएको बताएका थिए।

यसबाहेक उनले ज्ञानेन्द्र शाहलाई पनि कारबाहीको दायरामा ल्याउने घोषणा गरी प्रचण्डलाई खुशी बनाए भने कुलमान घिसिङका विषयमा अदालतमा विचाराधिन रहेका कारण केही नबोल्ने भन्दाभन्दै मन्त्रीसित लोयल नहुँदा निस्कासन गरिएको र यो परम्परा रहेको बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति