नेभिगेशन
राजनीति

तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् । 


उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू आन्दोलन नगरी, मान्छे नमारी यहाँसम्म आइपुग्नु भएको हो ?’


उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहित घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति