नेभिगेशन
राजनीति

राजावादी आन्दोलनले राजनीति हल्लायो, प्रचण्डले खुमलटारमा डाके पदाधिकारी बैठक

काठमाडौं– राजावादी आन्दोलनले नेपालको मुख्य राजनीतिक मियोँ नै हल्लाएपछि दलहरू आन्तरिक बैठकमा केन्द्रित हुन थालेका छन्।

एमालेले मंगलबार सभा गर्ने निधो गरेको छ भने कांग्रेसले आइतबार पदाधिकारी बैठक गरेको थियो। 

सोमबार नेकपा माओवादीले पनि पदाधिकारी बैठक डाकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्। आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए।

शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ। 

फागुन ७ गते ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति