नेभिगेशन
राजनीति

जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिन सक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे ।

‘तपाईँले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको शक्तिलाई नहोच्याउनुस् ।’

 


साथै, उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दोलनकारीले मात्रै नभई सरकारले पनि ज्यादती गरेको बताए ।

‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ काँग्रेस एमाले भन्नेहरू भजन कीर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो रु मान्छे नमारी आएको हो ?,’ उनले भने ।

नेताहरूले बुनेका कथा र शब्दजालले अबको पुस्ता नमान्ने उनको तर्क थियो ।

‘एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्दजालले अबको पुस्ता मान्ने छैन । तपाईँको मिथ्यांकले मान्छे पत्याउनेवाला छैन । अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकास त्यसबाट युवा राम्रोसँग परिचित छ,’ लिङ्देनले भने, ‘तपाईँले किन राजा हटाउनुभएको रहेछ रु राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो । तपाईँ राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नुभएको छ हेरिरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति