नेभिगेशन
राजनीति

मात्रिकाका छोरा कमलको निधनले जुरायो ओली–माधव मिलन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता रहेका कमल कोइरालाको निधनका कारण प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालको मिलन जुरायो।

एकीकृत समाजवादीको पार्टी कार्यालयमा कोइरालाको शवमा श्रद्धाञ्जली दिनका लागि ओली त्यहाँ पुगेका थिए। सो क्रममा पार्टी कार्यालयको अवलोकन गरेर नेताहरुसँग कुराकानी गरेका थिए। 

अध्यक्ष माधवकुमार नेपालसहित, सम्मानित नेता झलनाथ खनाल, भिम रावलसम्म ओलीसँग संवादमा थिए। 

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेको उनको सचिवालयले जनाएको छ। एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलो पटक पुगेका हुन्।

oli-madhav-1-1743412594.jpg
२०७८ सालमा नेकपा (एमाले) बाट विभाजन भई नेकपा एकीकृत समाजवादी बनेपछि ओली रुष्ट थिए। 

निधन भएका कोइराला नेपालका पूर्वप्रधानमन्त्री मात्रीकाप्रसाद कोइरालाका पुत्र हुन्। कोइराला परिवारका सबै कांग्रेसमा सक्रिय रहँदा उनी भने सुरुका दिनदेखि नै बामपन्थी विचारका थिए।

समाजवादीमा उनको आवद्धता थियो। पक्षघातका कारण उपचारका क्रममा आइतबार कोइरालाको निधन भएको हो। सोमबार नै उनको पार्थिव शरिरको अन्त्येष्ठि गरिनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति