नेभिगेशन
राजनीति

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गतेको कार्यक्रमबारे सरकारलाई पूर्वजानकारी हुँदा हुँदै पनि हेलचेक्र्याइँ गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते अप्रिय घटना हुन सक्ने जानकारी पहिले हुँदा पनि सरकार सचेत नभएको बताए ।

‘निर्मल निवासले जनकमान्डर बनाएको मान्छेबारे सबै थाहा हुँदा हुँदै पनि हजारौँ मान्छे राजा माग्दै उनको पछि लाग्न आश्चचर्यजनक भयो । उनलाई संसद्मा भएका पार्टीहरूले पनि जनकमान्डर बनाएको होइन ? पछिल्लो समयमा शीतलनिवासले (निर्मल निवास भनेनन्) जनकमान्डर बनायो’, उनले भने, ‘अब तयस्ता मान्छेले राजतन्त्र फिर्ता गरिदिन्छु भनेको भरमा हजारौँ मान्छे जम्मा हुने आश्चर्य त यो पो हो त । यसखालको गतिविधिबाट जुनखालको धनजनको क्षति भइको छ । यस खालको स्थिति देखिएको छ । यसले हामीले के पाठ सिक्नुपर्छ’

उनले दलहरूबीच मतभेद रहे पनि लोकतन्त्र जोगाउनु सबैको कर्तव्य भएको बताए । ‘तर, यो लोकतन्त्र, गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र, गणतन्त्र पक्षधरहरू हाम्रो बीचमा प्रशस्तै मतभेदहरू छन्’, उनले भने, ‘मतभेदका बावजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा र यो लोकतन्त्र, गणतन्त्रको नेतृत्व गरेका साथीहरू सच्चिनू, आत्मआलोचित हुनु जरुरी छ । गल्ती–कमजोरी भएका कुरालाई देश र जनताको अगाडि निर्भिक भएर आलोचना स्वीकार्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति