नेभिगेशन
राजनीति

बानेश्वरमा राप्रपा कार्यकर्ता र प्रहरीबीच धकेला धकेल किन भयो?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा सोमबार धकेलाधकेल भएको छ।

चैत १५ गते भएको राजावादीको आन्दोलनपछि पक्राउ गरिएका नेताको रिहाईको माग गरी भएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर चोकतिर बढ्ने क्रममा धकेलाधकेल भएको हो।

चैत १५ को प्रदर्शनमा हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरासहित केही व्यक्तिलाई पक्राउ गरी सरकारले मुद्दा चलाएको छ।

प्रदर्शनकारी माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्ने क्रममा उनीहरू र प्रहरीबीच सामान्य धकेलाधकेल समेत भएको थियो।

प्रदर्शनकारीले ‘झुटा मुद्दा’मा पक्राउ परेका राप्रपा र ‘राष्ट्रवादी’ नेताहरूलाई तत्काल रिहा गर्न माग गरे। उनीहरूले ‘मृतकलाई सहिद घोषणा गर’, ‘घटनाको न्यायोचित छानबिन गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायत प्लेकार्ड प्रदर्शन गरे।

उक्त प्रदर्शनअघि नेता डा. प्रकाशचन्द्र लोहनी, खुश्वु ओलीलगायतले सम्बोधन गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति