नेभिगेशन
समाज विविध

सहकारी तथा लघुवित्त पीडितले काठमाडौँमा गरे प्रदर्शन

काठमाडौँ- सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरबाजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जन पक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुली बजारसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध